Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जुवा खेलिरहेको अवस्थामा सुर्खेतबाट २७ जना पक्राउ

सुर्खेत । जुवा खेलिरहेको अवस्थामा सुर्खेत प्रहरीले २७ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले चौकुने गाउँपालिकाबाट २ लाख २८ हजार ७ सय नगदसहित २७ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोलीले चौकुने गाउँपालिका- ६ मा जुवा खेलिरहेका उनीहरूलाई आइतबार राती १ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ परेका सबै जनालाई वीरेन्द्रनगर ल्याईएको छ । पक्राउ परेकाहरुको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077