Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ‘टाइगर ३’ ले भारतमा पहिलो दिन कमायो ४४ करोड

    ‘टाइगर ३’ ले भारतमा पहिलो दिन कमायो ४४ करोड

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 972
    SHARES

    एजेन्सी । । सलमान खान र कट्रिना कैफ स्टारर ‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ ।

    लक्ष्मीपूजाको दिनमा आइतबारको यो कमाइ बलिउडको लागि सुखद् रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार फिल्मले भारतभर ४४.५ करोड भारुको कमाइ गरेको छ ।



    यो कलेक्सन दिवालीमा कुनै भारतीय फिल्मको उच्च कमाइ रहेको छ । यसअघि दिवालीमै रिलिज भएको शाहरुख खानको ‘जब तक है जान’ले १२.६० करोड नेट भारु र अजय देवगणको ‘सन अफ सरदार’ले ९.३० करोड भारुको ओपनिङ गरेका थिए ।



    यी दुई फिल्मको संयुक्त कलेक्सन जोड्दा २२ करोड भारु हुन आउँछ । सन् २०१२ मा यी दुई फिल्म एकैदिन रिलिज भएका थिए । यो फिल्मले सोमबारसम्म १२० करोडभन्दा बढी कमाइ गर्ने भारतीय व्यापार विश्लेषक बताउँछन् ।

    जसअनुसार तीन दिने कमाइ १६५ करोड भारु हाराहारीमा हुन सक्छ । सलमान र कट्रिनासहित फिल्ममा इमरान हासमीको शीर्ष भूमिका छ । यो फिल्ममा शाहरुख र ऋतिक रोशनको पनि केमियो रोल छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार