Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ‘टाइगर-३’को सुटिङमा घाइते भए सलमान र कट्रिना

    ‘टाइगर-३’को सुटिङमा घाइते भए सलमान र कट्रिना

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । बलिउड अभिनेता सलमान खान र कट्रिना कैफको बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ को सुटिङ अहिले दिल्लीमा भइरहेको छ । यसैबीच, सेटबाट यी दुई स्टारका तस्विरहरू लिक भएका छन्, जुन भाइरल भइरहेको छ । तस्विरमा सलमान–कट्रिनाको हालत निकै खराब देखिएको छ ।

    ‘टाइगर ३’ को सेटबाट लीक भएको तस्विरमा कट्रिना र सलमान घाइते भएका छन् । दुबैको अनुहारमा धेरै चोट लागेको छ, सलमान खानको अनुहारबाट पनि रगत बगिरहेको देखिन्छ ।



     



    View this post on Instagram

     

    A post shared by Salmanics_27🇮🇳 (@salmanics_27)


    तस्विरहरूमा कट्रिनाले कम्ब्याट भेस्ट र जिन्स लगाएकी देखिन्छन् भने सलमान खान टी-सर्टसहित ट्राउजरमा देखिन्छन्। यी दुईलाई हेर्दा यो फिल्ममा पनि दर्शकले निकै एक्सन देख्न पाउने देखिन्छ ।

    मिडिया रिपोर्टका अनुसार फिल्म ‘टाइगर ३’ को अन्तिम आउटडोर शेड्युल दिल्लीमा पूरा हुनेछ । जसमा करिब १० देखि १२ दिनसम्म फिल्मको सुटिङ हुनेछ । समाचारका अनुसार बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ को टर्की, रुस, अस्ट्रियालगायत धेरै देशमा छायांकन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार