Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पर्खाल नाघेर सलमानको फार्महाउस प्रवेश गरेका दुई जना पक्राउ

    पर्खाल नाघेर सलमानको फार्महाउस प्रवेश गरेका दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 438
    SHARES

    एजेन्सी । बलिउड अभिनेता सलमान खानको पनवेलस्थित फार्महाउसमा बिना इजाजत प्रवेश गर्ने प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा अजेश कुमार गिला र गुरु सेवक सिंह सिख रहेका छन् । उनीहरू झाडीमा लुकेर फार्म हाउसको पर्खाल नाघेर भित्र पसेका थिए ।



    तर, फार्महाउसका म्यानेजरले उनीहरूलाई पक्रेर मुम्बई प्रहरीलाई बुझाएका थिए । प्रहरीका अनुसार दुवैलाई सोधपुछपछि छाडिएको छ । अधिकारीहरूका अनुसार यो घटना ४ जनवरीको हो ।



    दुवै पञ्जाब निवासी हुन् । उनीहरू मुम्बईको बोरीवलीमा बस्दै आएका छन् । सलमानमाथि सन् १९९९ मा राजस्थानको जोधपुरमा कालो हिरणको शिकार गरेको आरोप छ ।

    यही कारण सन् २०२२ मा ग्यांगस्टर लरेन्स बिश्नोईले उनलाई ज्यान मार्ने धम्की दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार