Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सामाजिक न्यायको इतिहासमा शंखधर साख्वाको भूमिका अविस्मरणीय : प्रधानमन्त्री प्रचण्ड

    सामाजिक न्यायको इतिहासमा शंखधर साख्वाको भूमिका अविस्मरणीय : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २८ कार्तिक २०८०
  • 462
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।

    नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवतका प्रवर्तकका रुपमा रहेको बताए ।



    नेवारी समुदायमा जन्मिएर सिंगो देशकै गरिमा र मौलिकताका निम्ति उनले पुर्याएको योगदान सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसालेको बताएका छन् ।



    आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै उनले नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार