Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

जेसिबीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

महोत्तरी । महोत्तरीमा जेसिबीको ठक्करबाट एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा भंगहा नगरपालिका-१ का ५० वर्षीय सिंहेश्वर साह रहेका छन्।

सर्लाहीको मलंगवाबाट घरतर्फ फर्किने क्रममा सम्सी गाउँपालिका-७ स्थित हुलाकी सडकखण्डमा चलाइराखेको नम्बर स्पष्ट रुपमा उल्लेख नभएको जेसिभीले ठक्कर दिदा साहको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा ज्यान गएको हो।

गम्भीर घाइते भएका साहको जानकी एकेडेमिक हस्पिटल पर्सामा ल्याउने क्रममा बाटोमा ज्यान गएको थियो । साह काम विशेषले मलगंवा गएको र फर्किने क्रममा प्र २ ०२ ००१ प ४६४७ नम्बरको मोटरसाइकल जेसिबीसँग ठोक्किएका थिए ।

जेसिबी चालक फरार रहेको र जेसिबी इलाका प्रहरी कार्यालय रामगोपालपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077