Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बोरा गोदाममा आगलागी हुँदा करिब ४० लाखको क्षति

काठमाडौं । नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा रहेको एसके ट्रेडिङको बोरा गोदाममा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण बोरालगायतका सामग्री जलेर नष्ट भएको छ ।

आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077