Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • देउसी भैलोबाट झण्डै डेढ लाख रकम संकलन, सामाजिक कार्यमा खर्च गरिने

    देउसी भैलोबाट झण्डै डेढ लाख रकम संकलन, सामाजिक कार्यमा खर्च गरिने

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 4.2K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिका-१ मा युबाहरुले तिहारको देउसी भैलोबाट झण्डै डेढ लाख रकम संकलन गरेका छन् । खान्डाँडा समाज सुधार युवा क्लवले तिहारमा खेलेको देउसी भैलोबाट करिब एक लाख ५० हजार रुपैँया संकलन गरेको हो ।

    देउसी भैलोबाट सकंलन भएको रकम सामाजिक कार्यमा लगानी गरिनेछ । सो युवा क्लवले तिहारको अवसरमा चौरपाटी गाउँपालिका वडा नम्बर १ भित्रका टोलहरुमा देउसी भैलो खेलेको थियो । क्लवका अध्यक्ष नविन साउँदका अनुसार सो संकलन भएको रकम सामाजिक कार्यमा लगाइने छ ।



    विगत केही वर्षदेखि देउसी भैलो खेल्दै आएको क्लवले विगतका वर्षहरुमा पनि संकलन भएको केहि रकम सामाजिक कार्यमा खर्च गरेको थियो भने केही रकम लगानी गरेको छ । क्लवले मौलिक कलाहरुलाई जोड्दै एकता र सदभाव् छर्दै खान्डाँडा टोलका युवाहरु मिलेर कार्तिक २६ देखि २९ गतेसम्म देउसी भैलो खेलेका थिए ।



    क्लवले विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई सहयोग, विभिन्न जनचेतनामूलक कार्यक्रम, खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आएको छ । क्लवले विगत केही वर्षदेखि देउसी भैलो खेल्दै आएको थियो भने अहिलेसम्म साढे तीन लाख भन्दा बढी रकम लगानी लगाएको छ । सो जम्मा भएको रकम गाउँमा आवश्यक विभिन्न सामाजिक कार्यमा खर्च गरिने पनि क्लवका अध्यक्ष साउँदले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार