Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने, पटका पड्काए कारबाही

    उपत्यकामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने, पटका पड्काए कारबाही

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।

    हिन्दु नेपालीको दोस्रो ठूलो पर्व तिहारमा रातिमा देउसी भैलो खेल्ने प्रचलन भएपछि सुरक्षा निकायले राति ९ बजेपछि देउसी भैलो खेल्न नदिने भएको हो ।



    शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् ।



    काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले यससँगै उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन निषेध गरिएको जानकारी दिए ।

    आतिसबाजी गर्न र पटाका नपड्काउन सवैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको प्रजिअ उपाध्यायले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार