Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विष्णुमती र धोविखोलामा जल सतह बढ्यो, ११ बजे सम्म उच्च सतर्कता अपनाउन आग्रह

    विष्णुमती र धोविखोलामा जल सतह बढ्यो, ११ बजे सम्म उच्च सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 960
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ। जसकारण नदी र खोलाहरुमा बाढी आएको छ ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउनु पर्नेछ ।



    जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ ।



    बाढीको सतह सतर्कताको तहसम्म पुगेको महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार