Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

राजतन्त्र फर्कने कुनै सम्भावना छैन्, हल्लाका पछाडि नलागौँ : विमलेन्द्र निधि

सिन्धुली । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले राजतन्त्र फर्कने कुनै सम्भावना नभएको बताएका छन् ।

नेपाली कांग्रेस सिन्धुलीद्वारा शुक्रबार सदरमुकाम माडीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता निधिले यस्तो बताएका हुन् ।

उनले राजतन्त्र फर्कन्छ भन्ने निरर्थक हल्लाका पछाडि लाग्न नहुने भन्दै एजेण्डाविहीन मुद्दामा चासो राख्नु जरूरी नभएको बताए ।

संघीयता विरोधी शक्तिहरू सल्बलाउन थालेको भन्दै कांग्रेस नेता निधिले कांग्रेससहित अन्य दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ बनाउनका लागि बाँकी कामलाई मूल एजेण्डा बनाउनु पर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077