Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

फरार अभियुक्त ३० वर्षपछि पक्राउ

कञ्चनपुर । कञ्चनपुरको दोधारा चादँनीबाट ३० वर्षदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई आज पक्राउ गरिएको हो ।

उनलाई २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा छ महिना कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

उनलाई कैद सजाय भुक्तानका लागि अदालतमा पेश गरी अदालतले शुक्रबार नै कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077