Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेस भएर जाजरकोट जानुभयो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई कांग्रेसको राष्ट्रपति भएको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा एमाले जनसंगठनको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । अध्यक्ष ओलीले अहिले पनि राष्ट्रपतिले कांग्रेसको प्रतिनिधि भएर काम गरेको आरोप लगाए ।

ओलीले भने,‘जाजरकोटमा भूकम्प गयो। राष्ट्रपति जानुभयो। किन जानुभएको? कति मान्छे मरे भन्ने उहाँले सुन्नु नै भएको थियो। टेलिभिजन हेर्नुभएकै थियो। कति घर भत्किए भनेर सुन्नु नै भएको थियो। कति के भयो भन्ने सुन्नु नै भएको थियो ।उहाँ राष्ट्रपति भएर जानुभएको होइन। कांग्रेस छुट्यो भनेर जानुभएको हो।’

भूकम्पपछि प्रधानमन्त्री र गृहमन्त्री माओवादीको प्रतिनिधिको रुपमा जाजरकोट पुगेको भन्दै ओलीले राष्ट्रपति पौडेल पनि जाजरकोटमा कांग्रेस छुट्यो भनेर आफैं गएको टिप्पणी गरे ।

राष्ट्रपति निर्वाचित भएको एक वर्ष नपुग्दै राष्ट्रपतिले पक्षधरता देखाएको भन्दै ओलीले तनहुँमा दिएको अभिव्यक्तिले पनि कांग्रेसप्रति नरम देखिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077