Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सरकारको माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य

काठमाडौं । सरकारी माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य रूपमा उल्लेख गर्ने निर्णयसँगै नेपाल संवत्को राष्ट्रिय मान्यता व्यावहारिक रूपमा कार्यान्वयन हुने चरणमा अघि बढेको छ ।

नेपाल संवत्को राष्ट्रिय मान्यता औपचारिक रूपमा मात्र सीमित भएको गुनासो बढ्दै गएको समयमा गत कार्तिक २७ गते सोमबार मन्त्रिपरिषद्को बैठकले नेपाल संवत्लाई सरकारको माइन्युट र दस्तावेजमा अनिवार्य उल्लेख गर्ने निर्णय गरेको थियो ।

नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएर मात्र नपुगेकोले यसलाई सरकारी दस्तावेजमा पनि अनिवार्य उल्लेख गर्नुपर्ने निर्णय सर्वसम्मत रूपमा गरिएको जिकिर गर्दै सरकारले सो निर्णयले नेपाल संवत्लाई सबैको साझा राष्ट्रिय मान्यताको अनुभूति दिलाउने दिशामा महत्वपूर्ण कदम साबित हुने विश्वास व्यक्त गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो निर्णयले नेपाल संवत्लाई राष्ट्रव्यापी रूपमा सरकारी कामकाजमा प्रयोग गर्ने ढोका खुलेको बताए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077