Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ट्याक्सीमा छुटेको ७ तोला सुन चालकले बुझाए प्रहरीलाई

काठमाडौं । काठमाडौंमा ट्याक्सीमा छुटेको करिब ७ तोला सुन चालकले ट्राफिक प्रहरीलाई बुझाएका छन् ।

जडिबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जानेक्रममा ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर ट्राफिक प्रहरीले धनीलाई बुझाएको हो।

ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहना सहितको झोला खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले आइतबार धनीलाई हस्तान्तरण गरे।

जडिबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४५३ नम्बरको ट्याक्सीमा करिब ७ तोला बराबरको सुन र ४ तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी संगिता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेकी थिइन्।

उक्त खबरको आधारमा प्रहरीले सिसिटिभी क्यामेराको सहयोगमा चालकको खोजी गरेको थियो।

त्यसक्रममा ट्याक्सी चालक रोशन बयलकोटी आफैंले प्रहरी वृत्त गौशालामा उक्त गहना बुझाउन पुगेका थिए। त्‍यसपछि ट्राफिक प्रहरीले सुन धनीलाई बोलाएर उक्त सुन बुझाएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077