Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगलागीमा घाइते भएका २८ जनामध्ये एकको मृत्यु, ८ जना आईसीयूमा

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका २८ जनामध्ये एक जनाको मृत्यु भएको छ ।

घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मंगलबार बिहान २ः४५ बजेतिर मृत्यु भएको हो ।

दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजाको राति १०ः३० बजेतिर अचानक आगलागी सुरु भएको थियो।

आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पण्डितको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।

आगलागीमा परेर घाइते भएकामध्ये ४ प्रहरी र २० जना स्थानीय गरेर २४ जनालाई थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। घाइतेमध्ये गम्भीर अवस्थाका ८ जनाको अहिले पनि आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077