Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्वार्थ पूर्तिका लागि जनतालाई भिडाउने काम भईरहेको छ : केपी ओली

पर्सा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले स्वार्थ पूर्तिका लागि जनतालाई भिडाउने काम भईरहेको बताएका छन् । पोखरियामा आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले केही राजनीतिक दलले जातिको कुरा गरेर जनतालाई भिडाउने काम गरिरहेको बताए । उनले एमाले सबैलाई एकताबद्ध गरेर राष्ट्र निर्माण गर्ने अभियानमा लागेको बताए ।

अध्यक्ष ओलीले भने, ‘सबैले छोरा छोरी पढाउन पाउनुपर्छ । मुसहर, मुस्लिम, साह, यादव, गरिब, दलित सबैले पढ्न पाउनुपर्छ । अनि जातको कुरा गरेर के अर्थ रुविद्यालय र क्याम्पस जातको बन्दैन्, मान्छेले नबुझेर मात्र जातको कुरा गर्छन् ।’

उनले जातको नभएर परिवर्तन, विकास, एकता र देशको कुरा गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले विभिन्न भ्रमहरु त्यागेर राष्ट्र निर्माणको अभियानमा लाग्न आह्वान समेत गरे ।

त्यस्तै, अध्यक्ष ओलीले एमालेले अहिले देश संगठन विस्तारको अभियान चलाइरहेको र २०८४ को चुनावमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरे। ओलीले एमालेबाहेक कुनै पनि पार्टीले देशलाई समृद्ध बनाउन नसक्ने।

देशलाई अहिलेको बेथिति र विसंगतिबाट बाहिर निकाल्न एमालेको सरकारको विकल्प नै नभएको जिकिर पनि उनले गरे। छिमेकी मुलुकहरूसँग दबिएर होइन, समान हैसियत बनाएर अगाडि बढ्ने नीतिमा एमाले नेतृत्वमा बन्ने सरकारको रहने उनले बताए।

मुलुकमा अहिलेको गठबन्धनको सरकारका कारण चरम बेथिति, भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएकाले यी सबैबाट देशलाई बाहिर निकाल्न मुलुकमा एमाले नेतृत्वको सरकार नै आवश्यक भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077