Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मंसिर ७ को पूर्वसन्ध्यामा युवा संघले काठमाडौंमा निकाल्यो मसाल जुलुस

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

मंसिर ७ गते गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा युवा संघले काठमाडौंको तीनकुनेमा मसाल जुलुस निकालेको हो ।

मसाल जुलुसमा सहभागीहरूले सरकार विरोधी नारा लगाएका थिए ।

उनीहरूले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकार असफल भएको सन्देश दिने खालका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077