Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बालुवाटार र शीतलनिवास क्षेत्रमा पनि निषेधाज्ञा जारी

    बालुवाटार र शीतलनिवास क्षेत्रमा पनि निषेधाज्ञा जारी

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 552
    SHARES

    काठमाडौं । राष्ट्रपति निवास महाराजगन्ज र प्रधानमन्त्री निवास बालुवाटार आसपास क्षेत्रमा पनि निषेधज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै थप दुई क्षेत्रमा निषेधज्ञा जारी गरेको हो ।

    मंगलबार विज्ञप्त जारी गर्दै प्रशासनले राष्ट्रपति निवासको पूर्वतर्फ पवित्र वर्कशप, पश्चिमतर्फ सामाखुसी निस्कने नाला, उत्तरतर्फ राष्ट्रिय प्रहरी प्रतिष्ठानको दक्षिणी पूर्वी गेट र दक्षिणतर्फ प्रहरी अस्पताल जाने मोडसम्म निषेधज्ञा जारी भएको जानकारी दिएको छ ।



    त्यस्तै प्रधानमन्त्री निवासका लागि पवित्र वर्कशप चोकदेखि बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण सय मिटरसम्म निषेधज्ञा जारी गरेको प्रशासनले जनाएको छ।



    सो क्षेत्रमा ५ जनाभन्दा बढी मान्छे भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन र विरोधका कार्यक्रम गर्न समेत निषेध गरिएको प्रशासनले जनाएको छ।

    यसअघि प्रशासनले बानेश्वरदेखि माइतीघर मण्डलासम्म निषेधज्ञा जारी गरेको थियो। मंसिर ७ गते एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको छुट्टाछुट्टै विरोध प्रदर्शन कार्यक्रम सार्वजनिक भएपछि प्रशासनले निषेधज्ञा जारी गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार