Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादीसँग पार्टी एकता गर्ने नेसपाको निर्णय, नाम नेकपा (समाजवादी) राख्ने समहमति

काठमाडौं । नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

पार्टी कार्यालयमा मंगलबार बसेको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको हो । बुधबार बस्ने केन्द्रीय समिति बैठकले निर्णय अनुमोदन गर्ने भएको छ।

बैठकले अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा एकता संयोजन समिति गठन गरेको हो । समितिमा अर्का अध्यक्ष यादव, सहअध्यक्ष गंगा श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोब र महासचिव रमेश यादव रहेका छन् ।

यस्तै एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्ने सैद्धान्तिक समझदारी भएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077