Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं । नेपाल समाजवादी पार्टी(नेसपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरू हुने भएको छ।

माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र एकता समायोजन समिति बनाउने कार्यकारिणी समितिको निर्णय अनुमोदनका लागि बैठक सुरू भएको हो ।

बैठकमा नेकपा माओवादीसँग पार्टी एकताका लागि संवाद समिति गठन, समसामयिक राजनीतिक घटनाक्रम, पार्टी विधानका केही विषय लगायतमा छलफल गर्ने एजेन्डा रहेको नेसपा केन्द्रीय कार्यालयले जनाएको छ।

नेसपाले मंगलबार केन्द्रीय कार्यकारिणी समिति बैठक गरी एजेन्डा तय गरेको थियो। नेकपा माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने विषयमा लामो समयदेखि छलफल भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077