Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रहरी प्रतिष्ठानको जग्गा हत्याउन खोज्ने पूर्वनासु पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रहरीकै जग्गा हत्याउन खोज्ने पूर्वकर्मचारीलाई पक्राउ गरेको छ ।

किर्ते कागजपत्रका आधारमा प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोज्ने काभ्रे, पनौतीका ६४ वर्षीय पूर्वनासु पुष्करबहादुर बस्नेतलाई पक्राउ गरेको हो।

पूर्वनासु बस्नेतले पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा हिनामिनाको प्रयास गरेका थिए ।

वन क्षेत्रमा पर्ने सो जग्गा नेपाल सरकारले भोगचलनका लागि ०५२ मै प्रहरीलाई दिएकोमा बस्नेतले आफ्नो निजी दाबी गर्दै नक्कली कागजपत्र तयार पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पूर्वनासु बस्नेतविरुद्ध सीआइबीले किर्ते मुद्दामा अनुसन्धान अघि बढाएको छ। बस्नेत मालपोतकै अवकाशप्राप्त नायब सुब्बा हुन् । १५ साउन २०५२ मा मन्त्रिपरिषद्को निर्णयले सो जग्गा प्रहरीलाई भोगचलन गर्न दिने निर्णय गरेको थियो।

वन क्षेत्रको जग्गा प्रहरीको नाममा नामसारी गर्न नमिल्ने भएकाले भोगचलनको अधिकार मात्र दिइएको थियो। नेपाल सरकारको निर्णयअनुसार ०५२ देखि नै प्रहरीले भोगचलन गर्दै आएको छ।

सोही जग्गासमेत समेटेर गत वर्षदेखि भारतीय अनुदान सहयोगमा त्यहाँ १० अर्ब रुपैयाँको लागतमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको छ। बस्नेतले सो जग्गा आफ्नै दाबी गरी सर्वोच्च अदालतमा पनि मुद्दा दायर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077