Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादीसँग एकता गर्न बाबुराम भट्टराईको नेतृत्वमा समिति गठन

काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा नेकपा माओवादी केन्द्रसँग एकता तथा ध्रुवीकरणका लागि समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय समितिको चौथो बैठकले अध्यक्ष भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहेको पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेको हो ।

बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा माओवादी केन्द्र लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता गर्दै जान पार्टी अध्यक्ष भट्टराईको संयोजकत्वमा समिति गठन गरेको अध्यक्षद्वय भट्टराई र यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत शुक्रबार प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. भट्टराईलाई बोलाएर आफूहरुकै नेतृत्वमा पार्टी एकता समायोजन समिति बनाउन प्रस्ताव गरेका थिए ।

त्यसको दुई दिनपछि ३ मंसिरमा बसेको दुबै दलको वार्ता टोलीको बैठकले पनि पार्टी एकता समायोजन समिति बनाउन सुझाव दिएको थियो ।

त्यस्तै, नेसपाको केन्द्रीय समितिले पार्टीका विभिन्न कार्यबारे निर्णय गरेको छ । नेसपाले संगठन निर्माण तथा बिस्तार अभियानको अवधि २ महिना थप गर्ने, सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने निर्णय गरेको छ । मंसिर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने निर्णय पनि नेसपाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077