Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उर्लाबारी आगलागी : थप एकजना घाइतेको मृत्यु

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परेर गम्भीर घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको गएराति साढे १० बजे मृत्यु भएको हो ।

योसँगै उर्लाबारी आगलागीमा परेर मृत्यु हुनेको संख्या २ पुगेको छ। घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा गत मंगलबार बिहान कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजा दिन आगलागी भएको थियो। आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077