Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्राभल कम्पनीको सिस्टम ह्याक गरेर दुई करोड ठगी, नारायण सीआईबीको फन्दामा

काठमाडौं । ट्राभल्सको यूजर आइडी सिस्टम नै ह्याक गरी दुई करोड ठगी गर्ने एक जनालाई पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्याङ्जाको वालिङ नगरपालिका–४ घर भइ हाल काठमाडौंको टोखा–६ सामाखुसी बस्ने नारायण सुवेदीलाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार उनी मर्स्याङ्दी ट्राभल्स कम्पनीका म्यानेजरसमेत हुन् । उनले कात्तिक १८ गतेदेखि मंसिर २ गतेसम्म बालुवाटारमा रहेको जियोल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रालिको यूजर आइडी ह्याक गरी करिब दुई करोड रुपैयाँ ठगी गरेका थिए ।

उनले एक करोड ९९ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ बराबरको हवाई टिकट काटेर यात्रीहरुबाट लिएर जियोल्याण्ड ट्राभल्सलाई ठगी गरेको सीआईबीले जनाएको छ ।

उनले यस्तो टिकट जजिरा र एअर अरेबियाको लागि काटेका थिए । उनीमाथि सीआईबीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077