Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यो देशमा सबैलाई राजा बन्न मन लाग्यो, मान्छे बनौँ पहिला : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले यो देशमा सबैलाई राजा बन्न मन लागेको टिप्पणी गरेका छन् । बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत कवितात्मक शैलीमा प्रमुख बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले देशलाई मान्छे चाहिएको बताउँदै मान्छे बन्न कसैलाई मन नलागेको पनि बताए ।

उनले लेखेका छन्, 'जस्ले धर्तीलाई माया गरोस, मान्छे बनौँ पहिला, अरु त, जनताले बनाई हाल्छननी ।'

यस्तै अगाडी लेखेका छन्, 'यो देशमा सबैलाई, राजा बन्न मनलाग्यो, राष्ट्रपती बन्न मनलाग्यो, प्रधानमन्त्री बन्न मनलाग्यो, नेता बन्न मनलाग्यो ।'

बिहीबार काठमाडौंमा दुर्गा प्रसाईंले राजतन्त्रको पक्ष र युवासंघ नेपाले प्रजातन्त्रको पक्षमा शक्ति प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077