Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पर्यटनमन्त्री किरातीले भने - तिलौराकोट छिट्टै विश्व सम्पदामा सूचीकृत हुन्छ

कपिलवस्तु । संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले पुरातात्विक स्थल तिलौराकोट प्राचीन कपिलवस्तु छिट्टै विश्व सम्पदास्थलमा सूचीकृत हुने बताएका छन् ।

तिलौराकोट राजप्रसादमा भइरहेको अध्ययन अनुसन्धान र सरसफाइ कामको शुक्रबार निरीक्षणपछि पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् ।

पर्यटनमन्त्री किरातीले तिलौराकोटको विकास र संरक्षणका लागि राष्ट्रिय गौरवका योजनाका रूपमा अघि सारेर काम भइरहेको बताए ।

तिलौराकोटमा १० वर्षदेखि विदेशी विज्ञ विषेशज्ञको अगुवाइमा भइरहको पुरातात्विक अध्ययन र अन्वेषणले धेरै महत्त्वपूर्ण तथ्य उजागर गरेको छ।

यसले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न धेरै सहयोग गर्ने पर्यटनमन्त्री किरातीले बताए ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया गत नोभेम्बरबाट सुरु भइसकेको छ ।

अब २०२४ को फेब्रुअरीमा अन्तिम चरणको मनोनयन दस्ताबेज बुझाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077