Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भोलि पनि तीनकुनेमा प्रदर्शन गर्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भोलि पनि काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् ।

भक्तपुरको ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शनिवार तीनकुनेमा हुने प्रदर्शनमा आफू पनि सहभागी हुने बताएका हुन्।

प्रसाईंले सरकारले आफ्नो सुरक्षाका नाममा आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप लगाए ।

उनले आफू गोली खान वा जेल जान तयार रहेको बताउँदै आफू आन्दोलन छोडेर नभाग्ने उल्लेख गरे ।

उनले आफूलाई नजरबन्दमा राखिएको बताउँदै राजनीतिक दलहरू एकातिर आफू र आफ्नो पक्षमा रहेका जनताहरू प्रतिपक्ष रहेको दाबी गरे ।

प्रसाईँले आफ्ना मान्छेलाई सरकारले पार्टी प्यालेसमा लगेर नजरबन्दमा राखिएको र २७ सय जनालाई पक्राउ गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077