Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • बर्दियाको एक घरमा आगलागी हुँदा ४ जनाको मृत्यु, एक घाइते

    बर्दियाको एक घरमा आगलागी हुँदा ४ जनाको मृत्यु, एक घाइते

    अनलाइन नेपाल
  • शनिबार, ९ मंसिर २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    बर्दिया । बर्दियाको गुलरियास्थित एक घरमा गएराति भएको आगलागीमा परेर चार जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया-४ तुलापुरको एक घरमा राति १० बजे आगलागी भएको हो ।



    जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा छन् । चारै जनाको शव अहिले निकाल्ने कोसिस भइरहेको प्रहरीले जनाएको छ ।

    यस्तै घाइते २८ वर्षकी करिष्मा चन्दलाई भने उपचारका लागि अस्पताल लगिएको छ । आगलागीको कारण खुलेको छैन। घटनाको थप विवरण आउन बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार