Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

सुत्केरीको मृत्यु भएपछि जनकपुर प्रादेशिक अस्पतालमा तनाव

महोत्तरी। जनकपुर प्रादेशिक अस्पतालमा एक प्रसूति महिलाको मृत्यु भएको छ ।

महोत्तरीको मठिहानी नगरपालिका ३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो सुत्केरी व्यथा लागेपछि खातुनलाई जनकपुरको वैदेही हस्पिटलमा लगिएको थियो ।

वैदेहीलगायत अन्य निजी हस्पिटलहरुले भर्ना नलिएपछि प्रादेशिक अस्पताल जनकपुरमा राति ८ बजे पुर्‍याएपछि चिकित्सकले शल्यक्रिया गरेको थियो ।

शल्यक्रियामार्फत छोरा जन्माएकी तजवुलको आज बिहान रक्तस्राव भएर मृत्यु भएको हो । घटनाले अहिले प्रादेशिक अस्पताल तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077