Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गठबन्धन सरकारले राजनीतिलाई अराजक बनायो : केपी ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले नै राजनीतिलाई अराजक बनाएको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको बताए।

अध्यक्ष ओलीले भने,'अहिलेको सरकारले नै राजनीति अस्थिर बनाएको छ। राजनीतिलाई अराजक बनाएको छ। प्रहरीले समातेको गुन्डाहरूलाई सरकारले छोड्न लगाउँछ। राष्ट्रपतिले माफी दिन्छ। समाजमा सुशासन छैन। जसले गल्ती गरेको त्यो मान्छे खराब हुन सक्छ। व्यक्ति खराब हुनसक्छ। तर लोकतन्त्र र गणतन्त्र खराब हुन सक्दैन ।'

अध्यक्ष ओलीले व्यक्तिमा खराबी हुने भन्दै लोकतन्त्र कहिल्यै खराब हुन नसक्ने बताए। उनले देशमा राजतन्त्रको कल्पना गर्न नसकिने भन्दै नेपाल अब ढुंगे युगतिर फर्किन नसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077