Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

लोकतन्त्र विरोधी केही व्यक्तिले हल्ला गर्दैमा व्यवस्था परिवर्तन हुँदैन : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री विमलेन्द्र निधिले लोकतन्त्र विरोधी केही व्यक्तिले हल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने बताएका छन् ।

शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेपाली जनताकै आन्दोलनको बलमा मुलुक संघीय गणतन्त्रात्मक व्यवस्था आएकाले त्यसलाई बदल्ने शक्ति कसैमा पनि नरहेको दाबी गरे ।

यस्तै निधिले अर्को प्रसंगमा २०८४ सम्म यही गठबन्धनको सरकार टिक्ने जिकिर गरे । गठबन्धनभित्र तीन प्रधानमन्त्रीले यो कार्यकाल चलाउने सहमति भएको र अहिलेसम्मको यही सहमतिअनुसार गठबन्धन चलिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077