Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अरिङ्गालले टोकेर एक जनाको मृत्यु

इलाम । इलामको देउमाइ नगरपालिकामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

देउमाइ नगरपालिका–९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगरलाई दुई दिन अघि घर नजिकै बारीमा रहेको रुखमा रहेको अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालले टोकेर घाइते भएका मगलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा मगरको हिजो बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077