Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफैंले चलाएको ट्याक्टरले किचिएर चालकको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा आफैंले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको ठुलिभेरी नगरपालिका ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा आफैंले चलाएको ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ का २४ वर्षीया लक्की थापा रहेका छन् ।

शनिबार राती साढे नौ बजेतीर घटना भएको र घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077