Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • आफैंले चलाएको ट्याक्टरले किचिएर चालकको मृत्यु

    आफैंले चलाएको ट्याक्टरले किचिएर चालकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 1K
    SHARES

    डोल्पा । हिमाली जिल्ला डोल्पामा आफैंले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको ठुलिभेरी नगरपालिका ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा आफैंले चलाएको ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ का २४ वर्षीया लक्की थापा रहेका छन् ।

    शनिबार राती साढे नौ बजेतीर घटना भएको र घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार