Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेका उपमहासचिव ज्ञवाली चीन प्रस्थान

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली चीनतर्फ प्रस्थान गरेका छन्।

चाइना एकेडेमी अफ सोसल साइन्सले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आज ज्ञवाली चीनको बेइजिङ प्रस्थान गरेका हुन्।

चीनमा रहँदा उनले सिचुवान विश्वविद्यालयमा हुने एक कार्यक्रममासमेत सहभागी हुनेछन्।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटवार्ता गर्नेछन्।

यस अगाडि एमाले महासचिव शंकर पोखरेलले समेत चीन भ्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077