Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माया जालमा पारी अनलाइनमार्फत ठगी गर्ने युवती पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार एक लाख ३५ हजार रुपियाँ ठगी गर्ने २७ वर्षीय सुजता चौधरी पक्राउ परेकी हुन् ।

सप्तरीको साबिक धरमपुर गाविस वडा नं. ४ परिवर्तित कञ्चनपुर नगरपालिका वडा नं. ९ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ३ ईमडोल बस्ने चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार फेसबुकमा एलेक्स बेन्जामनि नाम भएका प्रयोगकर्ताले पीडितहरूलाई साथी बनाइ आफू टर्कीको नागरिक रहेको बताएर माया जालमा पारी आईफोन, घडी, जुत्ता, सुनका गहनाहरू, मेकअपका सामानहरूसहितको लगेज पठाएको छु भनी सामानको फोटो समेत पठाउने गरेका थिए ।

त्यसपछि कुरियरको मान्छेले सम्पर्क गर्छ भनी म्यासेज पठाउने गरेको र डेलिभरीमार्फत काठमाडौँको एयरपोर्टमा सामान आइपुगेको छ भनी कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम तिनुपर्छ भनेर पीडितलाई विश्वास दिलाइ विभिन्न व्यक्तिहरूको बैङ्क खातामा रहेको एक लाख ३५ हजार रुपियाँ रकम पठाउन लगाइ ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई थप कार्बाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077