Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरमा संगठित भ्रष्टाचार

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा संगठित रूपमा भ्रष्टाचार हुने गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

दुई सेवाग्राहीले सेवा लिन जाँदा पैसाको मोलमोलाइ नमिलीकन काम नै नहुँदा दुःख र हैरानी खेप्न बाध्य भएपछि छानबिन गरी कारबाहीको माग गर्दै उजुरी दिएका हुन् ।

बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको नगरप्रमुख भएपछि अहिले सबै फाँटमा संगठित रूपमै भ्रष्टाचार हुने गरेको उजुरीकर्ताको दाबी छ । विभिन्न विभागले बिचौलियामार्फत सेवाग्राहीसँग काम मिलाइदिन्छु भन्दै रकम लिने गरेको दाबी गरेका छन् ।

अख्तियारमा दिएको उजुरीमा सरोकारवालासँग रिसवत किसिमले सेवाग्राहीसँग मोटो रकम मोलमोलाइ गरी खरिद एकाइ, अनुदान शाखा, नक्सा शाखा र कानुन तथा मानवअधिकार विभागमा भ्रष्टाचार हुने गरेको उल्लेख छ ।

महानगरको विभिन्न फाँटको १० वर्षअघिदेखि नक्सापास, घरभाडालगायतको मुद्दाको फाइल झिकेर अनुसन्धान गर्न माग गरेका छन् । उजुरीकर्ताले महानगरका जनप्रतिनिधिसमेतलाई छानबिन गरेर अनुसन्धानको दायरामा ल्याउनुपर्ने दाबी पेस गरेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077