Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी एवं गणतन्त्र विरोधी अभियान्ता दुर्गा प्रसाईंका स्वकीय सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई पक्राउ गरेको हो।

उनीसहित १५ जना अहिले प्रहरी हिरासतमा छन्। यसअघि प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो। उनी त्रिशूल बोकेर प्रदर्शनमा उत्रिएका थिए।

भोजराज तिमल्सिना, नितेश बास्तोला, हरि बिशुंखे, दिपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, ऊबहादुर रिजाल, युविन श्रेष्ठ, सुजन खड्‍का, मेहरमान बस्नेत र दिपेश खड्का नियन्त्रणमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरू सबैविरूद्ध मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भइनसकेको प्रहरीले जनाएको छ । मंसिर ७ गतेदेखि मेडिकल व्यवसायी प्रसाईंले काठमाडौंका विभिन्न स्‍थानमा प्रदर्शन गर्दै आएका छन्।

सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा पनि प्रहरीसँग झडप भएको थियो। प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको थियो

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077