Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • देशभरका कारागारमा योग शिविर चलाउने गृह मन्त्रालयको निर्णय

    देशभरका कारागारमा योग शिविर चलाउने गृह मन्त्रालयको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 447
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले देशभरका कारागारमा योग शिविर सञ्चालन गर्ने भएको छ ।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरिका कारागारमा योगशिविर सञ्चालन हुने भएको हो ।



    गृहमन्त्री श्रेष्ठसहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नख्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको छ ।



    गृह मन्त्रालयका अनुसार नेपालमा केन्द्रीय कारागारसहित ७४ वटा कारागारहरु छन् ।

    ती सबै कारागारहरुमा नेपाल विपश्यना केन्द्रको व्यवस्थापनमा शिविर सञ्चालन हुने छ ।

    धर्मसेवक सुशील शाहका अनुसार एक पटकमा ६०–७० जनाले योग्याभ्यास गर्नेछन् ।

    पटकपटक शिविर सञ्चालन गरी सबैलाई योगाभ्यास गराइने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार