Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हारबाट जोगियो पीएसजी, न्युक्यासलसँग खेल्यो बराबरी

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगअन्तरगत गएराति भएको खेलमा पीएसजी र न्युक्यासल युनाइटेडले बराबरी खेलेका छन् ।

पीएसजीको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । इन्ज्युरी समयको आठौं मिनेटमा कीलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई हारबाट जोगाएका हुन् ।

यसअघि २४औं मिनेटमा न्युक्यासलले अलेकज्यान्डर ईसाकको गोलमा अग्रता लिएको थियो ।

बराबरीसँगै पीएसजी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077