Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • भारतको क्रिकेट प्रशिक्षकमा राहुललाई निरन्तरता

    भारतको क्रिकेट प्रशिक्षकमा राहुललाई निरन्तरता

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 480
    SHARES

    एजेन्सी । भारतको राष्ट्रिय क्रिकेट टीमका प्रमुख प्रशिक्षकमा राहुल द्रविडले निरन्तरता पाउने भएका छन् ।

    भारतीय क्रिकेट बोर्ड(आइसीसी)ले द्रविडलाई अनिश्चितकालका लागि लम्ब्याउने निर्णय गरेको हो ।



    द्रविडले कम्तिमा २०२४ को जूनमा हुने टी–२० विश्वकपसम्म टीम सम्हाल्नेछन् । उक्त विश्वकपमा भारतले गर्ने प्रदर्शनका आधारमा थप निर्णय लिइने जनाइएको छ ।



    सन् २०२१ को नोभेम्बरमा द्रविड दुई वर्षका लागि भारतीय टीमको प्रमूख प्रशिक्षक नियुक्त भएका थिए ।

    उनको प्रशिक्षणमा भारतले उल्लेख्य सफलता हासिल गरेको छ । भारत एकैपटक टेस्ट, एकदिवसीय र टि–२० को उच्च वरियतामा समेत पुगेको थियो ।

    यद्यपि, भारतले कुनै पनि आइसीसीको उपाधि भने जित्न सकेन । बीसीसीआइले द्रविडलाई सम्झौता अवधि लम्ब्याउने प्रस्ताव गरेकोमा द्रविडले स्वीकारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार