Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • घुमुवा प्रहरीहरुकै सेटिङमा नवलपरासी पश्चिममा तस्करी मौलायो, निरीह बन्दै एसपी

    घुमुवा प्रहरीहरुकै सेटिङमा नवलपरासी पश्चिममा तस्करी मौलायो, निरीह बन्दै एसपी

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 11.9K
    SHARES

    काठमाडौं । छिमेकी मुलुक भारतसँग सिमा जोडिएको नवलपरासी (पश्चिम)का विभिन्न नाकाहरुबाट पछिल्लो समय तस्करी मौलाउन थालेको छ । प्रहरीहरुकै सेटिङमा तस्करी हुन थालेपछि तस्करहरुले दिन दहाडै सामान ओसार पसार गरिरहेको स्थानीयबासीहरु नै बताउँछन् ।

    भारतसँग सीमा जोडिएका परासीका महेशपुर, भुजहवा, रामनगर, गेर्मी र बेलाटारीबाट ब्यापकरुपमा माछा, खसीबोका, लत्ताकपडा, सवारीका पार्टपूर्जा, हार्डवेरका सामानलगायतको तस्करी बढेको हो । जसको ज्वलन्त उदाहरण मंसिर ९ गते शनिबार रुपन्देहीको धकधईमा बरामद माछालाई नै लिन सकिन्छ । परासीको रामनगर नाकाबाट तस्करीको माछा बोकेर गएको लु २ च ८५४६ नम्बरको बोलेरो धकधईमा बरामद भएको थियो ।



    घुमुवा प्रहरीकै सेटिङमा जयनूल मुसलमानले उक्त माछा तस्करी गरी भारत छिराएका थिए । रामनगरबाट धकधई जाँदा जिल्ला प्रहरी कार्यालय परासीसहित १२ प्रहरी कार्यालयहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय परासीकै अगाडिबाट तस्करीको माछा लैजाँदा चेकजाँच नहुनुले पनि सेटिङमा तस्करी भएको छर्लङ्ग हुन्छ ।



    त्यसो त माछा तस्करी गरेका ब्यापारी जयमूलले प्रहरीसँग घुमुवा प्रहरीकै स्कर्टिङमा माछा लगेको स्वीकार गरेको बताइन्छ ।

    १२ वटा प्रहरी कार्यालय पार गरेपछि धकधईमा माछा बरामद भएको बिषयमा उजुरी परेपछि प्रहरी महानिरीक्षकको सचिवालयले छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई पत्राचार गरिसकेको छ । रामनगरसँगै अन्य चार वटा नाकाबाट ब्यापक रुपमा तस्करी मौलाउँदा पनि जिल्ला प्रहरी कार्यालय पश्चिम नवपरासीका प्रहरी प्रमुखमा एसपी काजीकुमार आचार्यले कुनै एक्सन लिन सकेका छैनन् ।

    इमान्दार प्रहरी अधिकृतको छवी बनाएका आचार्य जागिरमा प्रवेश गरेदेखि नै प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा कार्यरत थिए । एसपी बढुवा भएपछि मात्र जिल्लाको कमाण्ड गर्ने अवसर पाएका उनी आर्थिक मामिलामा नमुछिए पनि अहिले भने विवादित बन्न पुगेका छन् ।

    एसपी आचार्यमाथि कमाण्ड कमजोर भएको र बर्षौदेखि कार्यरत र दबरन्दी अन्यत्र भएका विवादित घुमुवाहरुलाई काजफिर्ता गर्न नसकेको आरोप लाग्न थालेको छ । लामो अवधिसम्म कर्मचारी प्रशासनमा बसेका उनले हेडक्वाटरको परिपत्र अनुसार दरबन्दीमा पठाउन सकेका छैनन् ।
    काजमा कार्यरत तिनै घुमुवाहरुको कनेक्सनमा तस्करी बढेको र राजस्व असुली कम हुँदा एसपीमाथि नै प्रश्न उब्जिएको छ ।

    को कहाँ घुमुवा ?
    जिल्ला प्रहरी कार्यालयले सहायक हवल्दारहरु किरण कुँवर र प्रदीप गुप्तालाई घुमुवाका रुपमा खटाएको छ । प्रदीप यादवको दरबन्दी गुल्मीमा हो ।

    परासीका भारतसँग जोडिएका पाँच नाकामध्ये बेलाटारीमा इन्स्पेक्टरको दरबन्दी छ । जहाँ इन्चार्ज छन् प्रहरी निरीक्षक श्यामप्रकाश यादव । भुजहवामा सईको दरबन्दी छ भने रामनगर र गेर्मीमा असईको । भुजहवामा सई रामबहादुर बिष्ट इन्चार्ज छन् भने गेर्मीका इन्चार्ज असई बृजेश सहनी, रामनगरमा पुरन केवट छन् ।

    ९ बर्ष अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर आएको हुँ, कसैले पनि केही गर्न नसक्ने भन्दै भुजहवाका सई बिष्टले तस्करहरुलाई लाइन दिएर असुली गरिरहेको स्रोत बताउँछ ।

    रामनगरका पुरन केवट परासीमा १३–१४ बर्षदेखि कार्यरत छन् । प्रायः सधैंजसो कहिले जिल्ला त कहिले सीमानाकामा खटिने केवटको तस्करहरुको संजालका जानकार मानिन्छन् ।

    बेलाटारीका इन्स्पेक्टर श्यामप्रकाश यादवले सहायक हवल्दार रमेश यादवलाई घुमुवा राखेका छन् । यादव ९ बर्षदेखि परासीमा कहिले जिल्लाको त कहिले बेलाटारीको घुमुवामा कार्यरत रहेका छन् । रमेश यादवको दरबन्दी दरबन्दी परासीकै जर्गाहा हो ।

    प्रहरी प्रधान कार्यालयले दरबन्दीमा पठाउन दिएको निर्देशनलाई समेत उल्लंघन गरी उनलाई घुमुवामा तैनाथ गरी तस्करहरुसँग सेटिङमा परिचालन गरिएको छ ।

    गेर्मीका असई सहनीले सहायक हवल्दार ओमप्रकाश यादवलाई घुमुवा राखेका छन् । ओमप्रकाश पनि ११ बर्षदेखि परासीमा घुमुवामा कार्यरत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार