Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रहरीकै मिलेमतोमा भिस्वा र प्रसौनीभाठा नाकाबाट खुलेआम तस्करी

    प्रहरीकै मिलेमतोमा भिस्वा र प्रसौनीभाठा नाकाबाट खुलेआम तस्करी

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 2.3K
    SHARES

    वीरगंज । प्रहरी प्रशासनकै मिलेमतोमा भिस्वा र प्रसौनीभाठा सिमानाका भएर खुलेआम तस्करी भइरहेको पाइएको छ ।

    सङ्गठनले दिएको जिम्मेवारीलाई भुलेर प्रहरी चौकी भिस्वाका इन्चार्ज सन्तोष केसी र प्रहरी चौकी प्रसौनीभाठाको इन्चार्ज विनय सिंहले अवैध कारोबार गर्नेहरूसँग साँठगाँठ गरी आर्थिक लाभ लिई तस्करी हुने गरेको पाइएको हो ।



    पर्साको पश्चिमी दक्षिणी भेगमा पर्ने भारतीय प्रसिद्ध बजार भेलाहीसंँग जोडिएको प्रसौनीभाठा सिमानाका र सिक्टा बजारसँग जोडिएको भिस्वा सिमानाकाबाट नेपालतर्फ खाने तेल, चिनी, पाउडर दूध, मिठा गहुँ लगायतका खाद्यान्न, बाइलर कुखुरा, भैँसी पाडा, खसी बोका माछा र भारतीय ब्रान्डका रजनीगन्धा, गुट्खा जस्ता सुर्तीजन्य पदार्थ र लत्ताकपडा राजस्व छलेर दैनिक भित्र्याउने गरेको खुलेको छ ।



    यस्तै जुत्ता चप्पल, हार्डवेयर, इलेकट्रोनिक पार्टस, मोटर पार्टस, स्पेयर पार्टस्, भाँडाकुँडा , कस्मेटिक तथा खेलकुदलगायतका सामग्रीहरू पिक अप भ्यान, इ–रिक्सा, ट्याम्पु, मोटरसाइकल, साइकलका माध्यमबाट लाखौँ लाख राजस्व छलेर दैनिक लाखौँ र मासिक करोडौँ मूल्य बराबरको अवैध कारोबार खुलेआम भइरहेको स्रोत बताउँछ ।

    यसै गरी छिपहरमाई-५ भिस्वाबाट दैनिक रूपमा चल्ने (नाइट) रात्रि बसमा भन्सार छलीका भारतीय कपडा र बच्चाहरू पिउने पाउडर दूध प्रहरीकै मिलेमतोमा तस्करहरूले बसमा हालेर काठमाडौँ, पोखरामा पठाउने गरेका छन् भने बिहार सरकारले मदिरा उत्पादन तथा बिक्रीबितरणमा रोक लगाएका कारण नेपालबाट भारततर्फ घरेलु मदिरा र सिल प्याक मदिराको पनि तस्करी भइरहेको छ ।

    प्रहरी प्रशासन मिलेपछि यहाँ जे पनि सिमानाकाबाट वारपार गर्न सम्भव छ । प्रहरी प्रशासनले देखावटी रूपमा केही मात्रामा चोरी पैठारी गरी ल्याइएको समान पक्राउ गरे पनि पर्साको भिस्वा र प्रसौनीभाठा सिमानाकामा प्रहरीको आँखा अगाडिबाटै भन्सार छली गरी व्यापक रूपमा तस्करी हुने गरेको स्रोतले बतायो ।

    प्रहरीसँगको सेटिङमा यस क्षेत्रका सयौँ व्यक्तिले अहिले तस्करीलाई आफ्नो व्यवसाय बनाएका छन् । तस्करहरूले प्रहरी चौकी भिस्वाका प्रमुख वरिष्ठ सई सन्तोष केसी र प्रहरी चौकी प्रसौनीभाठाका वरिष्ठ सई विनय सिंहलाई तस्करहरूले मोटो रकम दिई महिनावारीकै रूपमा घुसबापतको अवैध रकम तिरी खुल्लमखुल्ला रूपमा रातदिन नाकामा तस्करी गर्ने गरेको स्थानीयहरू बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार