Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गड्डाचौकीका इञ्चार्जसहित १६ प्रहरीलाई रातारात किन तानियो जिल्ला ?

    गड्डाचौकीका इञ्चार्जसहित १६ प्रहरीलाई रातारात किन तानियो जिल्ला ?

    नयाँ टिम पठाइयो

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 20.8K
    SHARES

    कञ्चनपुर । तस्करीमा संलग्न व्यक्तिहरुबाट अनुचित लाभ लिएको आरोपमा इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्जसहितका १६ जना प्रहरी जिल्ला तानिएका छन् ।

    भारतबाट साइकलमा सामान ओसारपसार गर्ने महिला तथा अन्य व्यक्तिहरुबाट अनुचित लाभ लिएको गुनासोपछि अनुसन्धानका लागि इन्चार्जसहितको टिमलाई नै जिल्ला तानिएको हो ।



    प्रहरी नायब निरीक्षक (सई) दिग्गज ठकुराठीसहितका १६ प्रहरीलाई बुधबार राति जिल्ला तानिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



    उनीहरुमाथि भारतबाट सामान क्यारिङ गर्ने महिला तथा तस्करीमा संलग्न व्यक्तिहरुबाट अनुचित लाभ लिएको आरोप छ ।उनीहरुमाथि अनुचित लाभ लिए÷नलिएको विषयमा अनुसन्धान हुने बताइएको छ ।

    बुधबार राति नै ठकुराठीको ठाउँमा प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) महेन्द्रसिंह थापालाई इन्चार्जको जिम्मेवारीसहित १६ जना प्रहरीलाई इलाका प्रहरी कार्यालय गड्डाचौकी पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार