Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एसपी मोहन थापा गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

    एसपी मोहन थापा गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 5.3K
    SHARES

    काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख थापा गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।



    गण्डकी प्रदेश सरकारले प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा एसपी थापालाई उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्दै पुरस्कृत गरेको हो ।



    सहकारी ठगीको अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध नियन्त्रण तथा कास्की हुने अन्य अपराधका घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल शान्ति सुरक्षा कायम राखेको भन्दै पुरस्कृत गरिएको बताइएको छ ।

    एसपी थापाले विगत ५ महिनादेखि कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार