Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कैलाली प्रहरीले किन गर्‍यो हतियारसहित प्रहरी परिचालन ?

    कैलाली प्रहरीले किन गर्‍यो हतियारसहित प्रहरी परिचालन ?

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 2.9K
    SHARES

    कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले हतियारसहित प्रहरी परिचालन गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयको सुरक्षा योजना अनुसार इलाकाभित्र अपराध रोकथाम तथा न्युनिकरणका लागि कैलाली प्रहरीले हतियारसहितका प्रहरी परिचालन गरेको हो ।



    बुधबार विहान ११ः३० बजेको समयमा प्रहरी सहायक निरीक्षक प्रेमकुमार शाहको कमाण्डमा ६ जनाको प्रहरी टोली आवश्यक हातहतियारसहित खटिएको थियो ।



    जिल्ला प्रहरी कार्यालयको जिम्मेवार इलाकाभित्र पर्ने चुरे गाउँपालिका–६ फल्टुडे बजार हुँदै वडा नम्बर ३ धप्रेनी, चित्रपुरसम्मका वडाहरुमा हतियारसहित प्रहरी परिचालन गरिएको बताइएको छ ।

    इलाका भित्रका अपराधिक गतिविधी, गैरकानुनी क्रियाकलाप, लागुऔषधको सेवन, बिक्रिवितरण, चोरी तस्करीलाई निस्तेज पार्ने उद्देश्यसहित हतियारसहितका प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार