Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कञ्चनपुरका पत्रकारद्वय मध्यरातमा प्रहरी हिरासतबाट छुटे

    कञ्चनपुरका पत्रकारद्वय मध्यरातमा प्रहरी हिरासतबाट छुटे

    अनलाइन नेपाल
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 861
    SHARES

    धनगढी । कञ्चनपुरका पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवर थुनामुक्त भएका छन् ।

    विद्युतीय अपराध मुद्दामा शनिबार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार मध्यरातमा थुना मुक्त गरेको हो ।



    सोही मुद्दामा पक्राउ परेका माओवादी सुदूरपश्चिमका नेता चन्द्रकान्त भट्ट समेतका ४ जनालाई बुधबार साँझ प्रहरीले छाडेको थियो ।



    केही दिन अगाडी कञ्चनपुर प्रहरीले एक महिला प्रहरी निरीक्षकविरुद्ध फेसबुकमा स्टाटस र कमेन्ट लेखेको भन्दै साइबर अपराधमा मुद्दा चलाएर उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार