Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कैलालीका एसपी विष्टको ‘एक्सन’ : एक महिनामै समातिए १०६ फरार प्रतिवादी

    कैलालीका एसपी विष्टको ‘एक्सन’ : एक महिनामै समातिए १०६ फरार प्रतिवादी

    सिमा नाकामा पनि चेकजाँचमा कडाई

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 2.9K
    SHARES

    कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले गत फागुन ७ गते कैलालीको कमाण्ड सम्हाले यता फरार प्रतिवादी धमाधम पक्राउ पर्न थालेको हुन् ।

    जिल्लामा नयाँ प्रहरी प्रमुख (एसपी) विष्ट आएसँगै विभिन्न घटनामा कैद भुक्तान नगरी फरार रहेका व्यक्तिलाई पक्राउ गर्नतर्फ प्रहरी अग्रसर बनेको हो ।



    कैलाली प्रहरीको तथ्याङ्क अनुसार एक महिनामै १०६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जसअनुसार पक्राउ पर्नेमा तीन दिनदेखि नौं वर्षसम्म सजाय तथा जरिवाना तोकिएका व्यक्ति रहेका छन् ।



    प्रहरीले फागुन १० गते पप्पु भन्ने जहिर खान र ११ गते मोहित घिमिरेलाई पक्राउ ग¥यो । यस्तै फागुन १३ गते संजय जनाला सुनार, पवन रावत, राम चुन्नी डगौरा थारु, खुसिराम डगौरा, पुरन जैशी, भुपेश भन्ने शिशिर थापा, दत्त बहादुर बिष्ट, संगिता कुवँर, मिन बहादुर कुवँर र मेकेन्द्र बोगटी पक्राउ परे ।

    त्यस्तै फागुन १४ गते शम्भु सेवा, बिबेक नेपाली, आस्था कुँवर, निर्प बहादुर भण्डारी, तुल बहादुर धामी, शोभा सिंह ठकुरी, दिल बहादुर थापा र अर्जुन चौधरीलाई पक्राउ गरिएको तथ्याङ्कमा उल्लेख छ । यसैगरी फागुन १५ गते सुरजपाल राना, सुरज कार्की, लक्ष्मण राना, लहानु चौधरी, नरेश बहादुर चौधरी, राजेश बोहरा, डिल्लीराज जोशी र तपेन्द्र ठकुल्लालाई प्रहरीले पक्राउ गरेको थियो ।

    साथै १६ गते पक्राउ पर्नेमा कोजिबन चौधरी, भोज लाला, कर्मराज चौधरी, देवराज पाठक, धन बहादुर तामाङ, दोर्चे लामा, दिनरश चौधरी, किरण बोहरा, सुनिल चौधरी, बिरबहादुर घर्ती मगर, भिम बहादुर थापा, जवन सिंह रावत र सुधराम डंगौरा रहेका छन् । यसैगरी १८ गते पक्राउ पर्नेमा सुरज राना, संजय राना, रबि राना, पदम बहादुर विष्ट, प्रेमलाल चौधरी र राजाराम चौधरी छन् ।

    १९ गते रेवन्त कुवर र सत्यनारायण चौधरी तथा २० गते हरिराम डगौरा पक्राउ परेका थिए । साथै कैलाली प्रहरीले २१ गते नवराज भट्ट, नारायण चौधरी, कृष्ण चौधरी, गगन देब पण्डित, बिष्णु मायाँ पुजारा, राजेश राना र रितिक टमटालाई पक्राउ गरिएको जनाएको छ ।

    यस्तै फागुन २२ गते तेज बहादुर धामी, दिल बहादुर खत्री, कर्ण बहादुर चौधरी, रमेश चौधरी, आइतवारी डगौरा थारु, मान बहादुर सुनार र महेन्द्र बिश्वकर्मा पनि पक्राउ परेका थिए ।

    यसैगरी फागुन २३ गते पक्राउ पर्नेमा अभिषेक चौधरी, कैलाश बुढा, उदय बहादुर साउद, नारायण भुर्तेल, प्रदेशी थारु, बालकृष्ण थारु, भिम बहादुर आउजी र दिनेश चौधरी छन् । फागुन २४ गते पक्राउ पर्नेमा प्रेम बहादुर चौधरी, हिरालाल चौधरी, कमल चौधरी, डबल बहादुर पल्लीमगर, मोहन राना र प्रलाद राना रहेका छन् ।

    फागुन २७ गते पक्राउ पर्नेमा डम्बर राना, बिजय शाही, दिल बहादुर भुल, किरन चौधरी, आशिष राजी, जगत कुँवर र कमल पाण्डे रहेका छन् । यस्तै फागुन २९ गते सुर्जा भाट, बिष्णा कुमारी कलेल, कालुराम राना, लक्ष्मी चौधरी, सरिता चौधरी र रिता चौधरीलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

    यसैगरी फागुन ३० गते भरु भन्ने भरत सुनार तथा चैत १ गते महेश चौधरी, विनोद चौधरी, कृष्ण दमाई, फत्ते सिंह थारु, डिल्लीराज गिरी पक्राउ परेको तथ्याङ्कमा उल्लेख छ । साथै कैलाली प्रहरीले चैत २ गते महेश बहादुर पुजारा, करन चौधरी, राजेश बिक तथा ४ गते धनसरा बिक भन्ने धना पार्की र कर्ण बहादुर बोहरालाई पक्राउ गरेको थियो ।

    यस्तै चैत ५ गते सरस्वती देबी चन्द, सन्तराम चौधरी भन्ने दिर्घ चौधरी र कल्लु रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । उनीहरु लागुऔषध, बैकिंङ कसुर, जालसाजि, चेक अनादर, जुवातास, अपराधिक विश्वासघात, बन, सरकारी छाप किर्ते, कुटपिट, सवारी ज्यान, बालयौन दुरुपयोग, गाली बेइज्जती, आगजनी र चोरी लगायतका मुद्धामा पक्राउ परेका हुन् ।

    उनीहरुलाई फैसला कार्यान्वयनका लागि करागार चलान गरिएको प्रहरीले जनाएको छ । एसपी विष्टले फरार अपराधीलाई पक्राउमा विशेष सक्रियता बढाएका छन् । साथै उनी अझै बाँकी रहेका फरार अभियुक्तहरू पनि पक्राउ गरिने बताउँछन् । यसअघि ७ महिनासम्म ३१ जना मात्रै फरार प्रतिवादी पक्राउ परेको एसपी विष्टले बताए ।

    कैलाली प्रहरीले मातहतका कार्यालयलाई विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड र जरिवाना तिर्न बाँकी भएका व्यक्तिको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएको छ ।

    यस्तै एसपी विष्टले कैलाली प्रहरीको कमाण्ड सम्हालेसँगै सिमा नाकामा पनि चेकजाँचमा कडाई, लागुऔषध नियन्त्रण लगायतका काममा सक्रिय छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको सरुवा भएपछि उनको स्थानमा बिष्टले फागुन ७ गते पदभार ग्रहण गरेका थिए । त्यसअघि एसपी विष्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार