Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कैलाली प्रहरीको कमाण्ड सम्हाल्न पुगे एसपी बिष्ट

    कैलाली प्रहरीको कमाण्ड सम्हाल्न पुगे एसपी बिष्ट

    अनलाइन नेपाल
  • सोमबार, ७ फाल्गुन २०८०
  • 4.9K
    SHARES

    कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको सरुवा भएपछि उनको स्थानमा पदमबहादुर बिष्ट आएका छ्न् ।

    पालको सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलालीमा काज सरुवा भएकोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एसपी बिष्ट कैलाली प्रहरीको कमाण्ड सम्हाल्न आएका हुन् ।



    उनी आजै कैलाली पुगेर कमाण्ड सम्हालेका हुन् । एसपी बिष्टलाई डीएसपी कुलदिप चन्द लगायत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।



    साथै एसपी बिष्टले कार्यालयको निरीक्षण र कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायिक निर्देशनसमेत दिएको कैलाली प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार