Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लागूऔषध कारोबारीलाई पक्राउ गर्न कोहलपुरमा प्रहरीले चलायो गोली

    लागूऔषध कारोबारीलाई पक्राउ गर्न कोहलपुरमा प्रहरीले चलायो गोली

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 1.2K
    SHARES

    बाँके । बाँकेको कोहलपुरस्थित चप्पलगौँडामा गोली चलेको छ ।

    लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो।



    ब्यूरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको प्रहरी स्रोतले बतायो ।



    परियारसहित सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् ।

    कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको ब्यूरो स्रोतले बतायो ।

    परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको थियो।

    कारोबारीको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद समेत भएको ब्यूरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार